२०८२, १६ असार सोमबार

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल

कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल


हेटौँडा, ६ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभएको छ । नगर ख्रिष्टियन समुदाय हेटौँडाद्वारा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम–२०७५ तथा ख्रिष्ट जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपाल धर्म निरपेक्ष राष्ट्र हो र सरकारले कसैप्रति भेदभाव राख्दैन भन्नुभयो ।

उहाँले धर्मको नाममा रहेको विकृति विसङ्गति हटाउन सबैलाई आग्रह गर्नुभयो । कुनै पनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने उहाँको भनाइ थियो । “नेपाल गणतान्त्रिक एवं लोकतान्त्रिक राष्ट्र हो, कसैले कसैलाई धर्मविहीन एवं धर्म परिवर्तन गराउन हुँदैन र धर्म मान्ने विषयमा सबै स्वतन्त्र छन्,” उहाँले भन्नुभयो ।

मकवानपुरमा करीब ४० हजार क्रिश्चियन र करीब ६०० वटा चर्च रहेको छ । नेपालमा करीब ३० लाख क्रिश्चियन धर्मावलम्बी तथा १२ हजार चर्च रहेको सो संस्थाले दाबी गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ६ : ४८ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ