२०८२, ३ माघ शनिबार

यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस


कामठाडौं , पुस ६ :पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् ।फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै छैन, कति तनाव दिएका ?’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन् । उनको कपाल खैरो थियो । निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरी क्यान्टिन पुगिन् । भन्दै थिइन्, ‘कस्तो दिक्क लाग्यो, यो नियम । थाहा पाएको भए पहिले नै कालो बनाउने थिएँ ।’

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ७ : १६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको