२०८२, १३ माघ मंगलबार

अर्थ व्यवस्था कमजोर बन्दै गयो : अध्यक्ष थापा

अर्थ व्यवस्था कमजोर बन्दै गयो : अध्यक्ष थापा


पोखरा, ५ पुस :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यको अर्थ व्यवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार, गलत अर्थनीति र कुशासनले अर्थतन्त्र कमजोर बनाउँदै गएको बताउनुभयो ।

बढ्दो महङ्गी, जनतामाथि करको भार, शैक्षिक संस्था, अदालतजस्ता निकायमा राजनीतिक भागबण्डा आदिका कारण देश नै असफल बन्ने खतरा बढेको बताउँदै उहाँले आम नागरिकले राज्यबाट न्यायको महसुस गर्न नसकेको आरोप लगाउनुभयो ।

हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि राप्रपाले शान्तिपूर्ण देशव्यापी जनसङ्घषको अभियान शुरु गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीले गर्न लागेको जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्ध नभई देशका ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानका लागि भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली काङ्ग्रेस महासमिति बैठकमा ८०० सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । केही हप्ताअघि काठमाडौँमा धर्म प्रचारक विवादास्पद संस्थाले आयोजना गरेको कार्यक्रममा स्वयं प्रधानमन्त्री सहभागी हुनुले धर्म परिवर्तन गराउनेलाई प्रोत्साहन मिलेको अध्यक्ष थापा बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजीव पराजुली, प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, राप्रपाका केन्द्रीय सदस्य तोरण गुरुङ, दीलविकास राजभण्डारीलगायतले राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचारलाई जनसमक्ष पु¥याउनसकेमा पार्टीप्रतिको आकर्षण बढेर जाने विश्वास व्यक्त गर्नुभयो । दुईदिने प्रशिक्षण पार्टीका आन्तरिक रणनीतिमा छलफलका साथै फागुन ७ गतेदेखि शुरु हुने जनसङ्घर्षमा केन्द्रित हुने बताइएको छ । कार्यक्रमको सभापतित्व राप्रपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हेमजंग गुरुङले गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ९ : २३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै