२०८२, ३१ भाद्र मंगलबार

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’ : बरिष्ठ उपरीक्षक लामा

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’ : बरिष्ठ उपरीक्षक लामा


काठमाडौँ, ५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसकिने बताउनुभयो । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरिएको जानकारी दिनुभयो ।

“जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसँग मुख जोडेर काम गर्ने गरेकाले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको हो,” लामाले भन्नुभयो । कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधि भेटिने कुरामा दुईमत नभएको उहाँको दावी थियो । उहाँले विगतमा रानीबारी हत्याकाण्ड लगायतका विभिन्न अपराधमा सङ्लग्न अपराधिलाई ढीलो भएपनि पक्रिन प्रहरी सफल भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकार बलराम प्यासी, महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले, कलेजका प्राचार्य डा विहारीविनोद पोखरेल, सहप्राचार्य श्रीकृष्ण विष्टलगायते आ–आफ्नो धारणा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ७ : ४६ बजे

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका १० जना