२०८२, ३१ भाद्र मंगलबार

शिक्षक आयोगमा पुनःयोगको भीड

शिक्षक आयोगमा पुनःयोगको भीड


काठमाडौँ, ४ पुस : शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उहाँले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताउनुभयो । आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग गर्नेछ । करीब ४० प्रतिशत शिक्षक अनुत्तीर्ण भएका छन् । उहाँका अनुसार दैनिक सय जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उहाँले बताउनुभयो । यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ९ : ०३ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न