२०८२, ३ माघ शनिबार

दक्षिणकालीमा एक दम्पती मृत फेला

दक्षिणकालीमा एक दम्पती मृत फेला


काठमाडौँ, ४ पुस : काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकरी दिनुभयो । उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।

छोरा छोरीको पहिचान भने खुलेको छैन । ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ६ : ०३ बजे

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै