२०८२, २३ चैत्र मंगलबार

चिडियाखाना बनाउन रु डेढ करोड विनियोजन

चिडियाखाना बनाउन रु डेढ करोड विनियोजन


पोखरा, ३ पुस: पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्पmबाट रु एक करोड ५० लाख विनियोजन गरेको छ । चिडियाखानाको हालसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ ।

क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना हुने नवाँै संस्करणको पोखरा महोत्सवको तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महानगर–३०, ३१ र ३२ मा पर्ने पचभैया, चापापानी चिसाकुना र चैनपुरको १३४ हेक्टर क्षेत्रफलमा मानव निर्मित खुल्ला चिडियाखाना निर्माण भइरहेको छ ।

चिडियाखाना निर्माणका लागि नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका तथा क्लबको सहकार्यमा रु ४५ लाख ८५ हजारबराबरको भौतिक निर्माण गरिएको उहाँले बताउनुभयो । यस पटकको महोत्सवमा दर्शकलाई बसमार्पmत चिडियाखाना अवलोकनको लागत लाने र ल्याउने समेत गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेको क्लबले प्रत्येक वर्ष प्रतिप्रवेश टिकटमा रु एकका दरले छुट्याएर सेतीनदी संरक्षण एवम् शान्तिसुरक्षाका लागि पुलको दायाँबायाँ दुवै किनारामा सिसी क्यामेरासमेत जडान गरिएको उहाँ बताउनुहुन्छ । कला, संस्कृति, वेशभूषाको संरक्षण तथा शिक्षा, स्वास्थ्य, खेलकूद एवम् पर्यटनको विकाससँगै मुलुकको समृद्धिमा सहयोग पु¥याउँदै सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउनु महोत्सवको लक्ष्य रहेको छ । रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ९ : ५४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि