२०८३, १ असार मंगलबार

मच्छिन्द्रनाथ जात्राः रथको तयारी

मच्छिन्द्रनाथ जात्राः रथको तयारी


ललितपुर, ३ पुस: बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा जङ्गलमा सजिलै नपाइने हुँदा अहिलेदेखि नै आवश्यक सामग्रीको जोहो शुरु भएको हो । जात्राका लागि काठ, बेत र डोरी चाहिने गुठी संस्थान ललितपुरले जनाएको छ । बेत पनि गोलो र चिरुवा गरेर दुई खालको आवश्यक पर्ने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । रथ निर्माणका क्रममा थरिथरिका डोरी आवश्यक पर्छ । आधा इञ्चदेखि छ इञ्चसम्मको पाँच÷छ थरि डोरी रथका लागि आवश्यक पर्छ । तीमध्ये केही डोरी नेपालमा नै पाइन्छ भने कतिपय भारतबाट ल्याउनुपर्छ । उहाँले भन्नुभयो, “भारतबाट ल्याउनका लागि प्रक्रिया पनि लामो नै हुन्छ ।”

बेत भने नेपालमा नपाइने हुनाले भारतबाट नै ल्याउनुपर्छ । जात्राका लागि बेत ल्याउन पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको छ । ठेकेदार कम्पनीलाई कति आवश्यक पर्छ अनुमान गरेर ल्याउन भन्ने गरिएको प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई कुन÷कुन वर्षमा कति बेत चाहिन्छ भन्ने अनुमान गरेर भन्छौँ र ठेकेदारले ल्याउने गरेको छ ।” जात्राका लागि आवश्यक सामग्री जुटाउँदा सबैभन्दा गाह्रो महाबेत ल्याउन हुन्छ । भारतको पनि आसामबाट महाबेत ल्याइन्छ । भन्सार हुँदै यो ल्याउन सजिलो नभएको कार्यालयले जनाएको छ । पहिले÷पहिले डोरी पाउन कठिन थियो । अहिले नेपालमै सहजरूपमा पाइन्छ । उहाँले भन्नुभयो, “मोटो डोरी उताबाट ल्याइन्छ भने अरू आवश्यक डोरी यहाँ नै पाइन्छ ।”

रथका लागि आवश्यक हुने कतिपय काठ गोदावरी जङ्गलबाट त कतिपय हेटौँडालगायत स्थानबाट ल्याइन्छ । जङ्गलमा पनि टाढा पुगेर ल्याउनुपर्ने ठूला काठहरु ढुवानी समस्या पर्ने हुँदा अघिल्लो वर्ष आवश्यकभन्दा बढी काठ ल्याइएको प्रमुख पौडेलले बताउनुभयो । गत साल बोसी (मच्छिन्द्रनाथको जात्रामा काठ काट्ने जाति)हरु १०÷१२ दिनसम्म जङ्गलमा बसेर आवश्यकभन्दा बढी रूख ल्याएका थिए । प्रयोग भएको भन्दा बढी काठ सुरक्षित राखिएको थियो । अहिले त्यही काठ कति आवश्यक हुन्छ तय गरेर चिरान हुन्छ । उहाँले भन्नुभयो, “नबिग्रने काठहरु सुरक्षित राखेर अर्काे वर्ष पनि प्रयोग गर्न सकिन्छ ।”

गत साल प्रयोग भएर बढी भएका काठ मिलमा सुरक्षित राखिएको छ । तीमध्ये यो वर्ष चाहिने काठको चिरान हुन्छ भने अरू काठ अर्काे वर्ष प्रयोग हुन्छ । रथमा आवश्यक हुने धमा पासा अहिले जावलाखेलस्थित पाटीमा सुरक्षित राखिएको छ । मिल्नेसम्म अघिल्लो वर्षको काठ प्रयोग गरिने प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जात्रालाई कुनै असर नपर्ने अवस्थामा अघिल्लो वर्ष प्रयोग भएकै काठ प्रयोग हुन्छ ।”

अरू सबै काठको तयारी भए पनि रथको माथिल्लो भागबाट तल्लो भागसम्म आउने लस्सी जातको काठ वैशाखमा मात्रै कटान हुन्छ । यो काठ चाँडै सुक्ने हुँदा काट्नासाथ नै प्रयोग हुन्छ । लामो आकारको र नसुकेको काठ चाहिने हुँदा रातो मछिन्द्रनाथको रथारोहणभन्दा केही समय पहिले मात्रै कटान हुने गरेको हो । झण्डै ५५ फिट लामो लस्सी जातको काठ जात्राका लागि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

मच्छिन्द्रनाथलाई गत २६ गते बुङ्गमतीबाट विधिपूर्वक ल्याएर पाटनस्थित मच्छिन्द्र बहालमा राखिएको छ । देवता मच्छिन्द्रनाथमा रहँदा महास्नान, दशकर्मलगायतका पर्व तथा कर्म सञ्चालन हुन्छ । यता पर्वहरु भइरहँदा उता रथमा आवश्यक काठको निर्माण हुने गरेको छ । मच्छिन्द्रनाथका कामका लागि तोकिएको जाति सेवक (गुठीका भाषामा रकमे) ले आ–आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्छन् । काठ काट्ने, रथ बनाउने, रथ तान्ने, साइत हेर्ने, रथलाई नियन्त्रण गर्नेलगायतका कामका जिम्मेवारी तोकिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ६ : ४२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई