२०८३, ८ कार्तिक आईतबार

मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति

मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति


काभ्रेपलाञ्चोक ३ पुस मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ ।

मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । जीप चालकले दिएको क्षतिपूर्तिबापतको रकमले दुर्घटनास्थलमा पत्रकार पराजुलीको स्मारक बनाइने उहाँको परिवारले जनाएको छ । पच्चीस वर्षीय पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर एवं एभीन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्थ्यो ।

बा ३ च २८७ नं को ल्याण्ड क्रुजर दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारी, टेड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्कीसमेतको मृत्यु भएको थियो । जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि मङ्सिर पहिलो साता कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  १० : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना