२०८३, १० बैशाख शुक्रबार

कोदालो प्रहारबाट आमाको हत्या, तीन जना घाइते

कोदालो प्रहारबाट आमाको हत्या, तीन जना घाइते


सुर्खेत दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा छोराले कोदालोले हानेर आमाको हत्या गरेका छन्। घटनामा अन्य तीन जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब साढे एक बजेको समयमा मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बालाराम नेपालीले कोदालोले हानेका थिए। छोराको प्रहारबाट ४७ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। नातिले हानेको कोदालोले ७० वर्षीया हजुरआमा पनि गम्भीर घाइते भएकी छिन्। बुहारी मनदरा नेपाली र छिमेकी कौशिला नेपाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

‘मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बलराम नेपालीले हानेको कोदालेले आमाको घटनास्थलमै मृत्यु भएको छ। उनैले अन्य तीन जनाललाई घाइते बनाएका छन्,’ पोखरेलले भने,‘घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ। दोषीलाई हामीले नियन्त्रणमा लिएका छौँ।’

प्रकाशित मिति : २०७५, २ पुस सोमबार  ६ : ५६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले