२०८२, ३१ भाद्र मंगलबार

कोदालो प्रहारबाट आमाको हत्या, तीन जना घाइते

कोदालो प्रहारबाट आमाको हत्या, तीन जना घाइते


सुर्खेत दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा छोराले कोदालोले हानेर आमाको हत्या गरेका छन्। घटनामा अन्य तीन जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब साढे एक बजेको समयमा मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बालाराम नेपालीले कोदालोले हानेका थिए। छोराको प्रहारबाट ४७ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। नातिले हानेको कोदालोले ७० वर्षीया हजुरआमा पनि गम्भीर घाइते भएकी छिन्। बुहारी मनदरा नेपाली र छिमेकी कौशिला नेपाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

‘मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बलराम नेपालीले हानेको कोदालेले आमाको घटनास्थलमै मृत्यु भएको छ। उनैले अन्य तीन जनाललाई घाइते बनाएका छन्,’ पोखरेलले भने,‘घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ। दोषीलाई हामीले नियन्त्रणमा लिएका छौँ।’

प्रकाशित मिति : २०७५, २ पुस सोमबार  ६ : ५६ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न