२०८२, ३१ भाद्र मंगलबार

टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै

टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै


काठमाडौँ, १ पुस : काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

डङ्गोलका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ । डङ्गोलले भन्नुभयो, “रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ ।”

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २०७५, १ पुस आईतबार  ८ : १३ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न