२०८२, २४ कार्तिक सोमबार

मिनीट्रक भीरमा खस्दा १८ को मृत्यु, तीनजनाको सनाखत

मिनीट्रक भीरमा खस्दा १८ को मृत्यु, तीनजनाको सनाखत


नुवाकोट, २९ मङि्सर : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रवार बेलुकी मिनिट्रक दुर्घटना हुँदा ज्यान जानेको संख्या १८ पुगेकोे छ । दुर्घटनामा ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ । कच्ची सडकबाट खसेर भएको दुर्घटनामा तीन महिलासहित १८ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएको उद्धारमा संलग्न दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए । उनका अनुसार उद्धारमा चिसो मौसम भीर बाधक रहेको छ ।

दुर्घटनामा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीको सिसिपुका ३५ वर्षीय रिवल तामाङ र ४० वर्षीय आइत तामाङ रहेको अध्यक्ष तामाङले बताए । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमास्थित दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित घ्याङडाँंडामा शुक्रवार बेलुकी खचाखच यात्रु भएको बा३ख ३९१३ नम्बरको आइचर दुर्घटना हुंँदा त्यसमा यात्रारत तीन महिलासहित १८ यात्रुको ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनाको चार घण्टापछि मात्र सुरक्षाकर्मीको टोली पुगेको थियो । घाइतेहरुको उद्धार र शव संकलन गर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । कच्ची र साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २९ मंसिर शनिबार  ६ : ४६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य