२०८२, २६ माघ सोमबार

मिनीट्रक भीरमा खस्दा १८ को मृत्यु, तीनजनाको सनाखत

मिनीट्रक भीरमा खस्दा १८ को मृत्यु, तीनजनाको सनाखत


नुवाकोट, २९ मङि्सर : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रवार बेलुकी मिनिट्रक दुर्घटना हुँदा ज्यान जानेको संख्या १८ पुगेकोे छ । दुर्घटनामा ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ । कच्ची सडकबाट खसेर भएको दुर्घटनामा तीन महिलासहित १८ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएको उद्धारमा संलग्न दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए । उनका अनुसार उद्धारमा चिसो मौसम भीर बाधक रहेको छ ।

दुर्घटनामा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीको सिसिपुका ३५ वर्षीय रिवल तामाङ र ४० वर्षीय आइत तामाङ रहेको अध्यक्ष तामाङले बताए । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमास्थित दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित घ्याङडाँंडामा शुक्रवार बेलुकी खचाखच यात्रु भएको बा३ख ३९१३ नम्बरको आइचर दुर्घटना हुंँदा त्यसमा यात्रारत तीन महिलासहित १८ यात्रुको ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनाको चार घण्टापछि मात्र सुरक्षाकर्मीको टोली पुगेको थियो । घाइतेहरुको उद्धार र शव संकलन गर्न पाँच घण्टा भन्दा बढी समय लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । कच्ची र साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २९ मंसिर शनिबार  ६ : ४६ बजे

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन