२०८३, २३ भाद्र बुधबार

फोटो पत्रकार शाहलाई रिहा गर्न माग

फोटो पत्रकार शाहलाई रिहा गर्न माग


काठमाडौँ, २७ मङ्सिर: देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले आज अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) विरोध गरेको छ ।

समूहले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको जनाएको छ । “पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह विरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

पेशागत कामको शिलशिलामा खटिएका फोटो पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको एनएफपीजेले जनाएको छ । पक्राउ परेकी शाहलाई तत्काल रिहा गर्न एनएफपीजेले माग गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ८ : ५४ बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष