२०८२, १२ माघ सोमबार

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष प्रचण्ड

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष प्रचण्ड


पोखरा,२५ मङसिर : नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभएको छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताउनुभयो । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उहाँल जानकारी गराउनुभयो ।

सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उहाँले उल्लेख गर्नुभयो । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उहाँले आपसी सम्बन्ध अभैm प्रगाढ बन्दै गएको बताउनुभयो ।

दुई पार्टीबीचको एकिकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताउनुभयो । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उहाँले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ५ : ३६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै