२०८२, २३ चैत्र मंगलबार

प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री बाँस्कोटा

प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री बाँस्कोटा


काठमाडौँ, २४ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले “जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि हुन्छन्, तर हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ”, भन्नुभयो ।

सरकारले नौ महीनाको अवधिमा गरेका कामहरुलाई अंश अंशमा हेर्नेभन्दा पनि ठिक्कैमा प्रतिफल खोेजेर केही पनि काम भएन भन्नु दुर्भाग्य हुने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ । “सरकार आलोचनाबाट डराउने होइन, तर अनुरोध यत्ति हो, वास्तविकता होस्, एक पक्षीय हुनु हुँदैन, मिडियाले आलोचनात्मक चेत राख्नुपर्छ, तर मिडिया आफैँ प्रतिपक्ष हुनुहँुदैन भन्ने मात्रै हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकारले सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका सङ्घसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले काउन्सिलले प्रदान गर्ने यो वर्षको ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ नयाँ पत्रिका दैनिक र अनलाइन डट कमका सम्पादकद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु दुई लाख ५० हजार रहेको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले पत्रकारको क्षमता विकास, योगदानको कदर गर्दै सुखदुःखको साथी रहेको बताउँदै पत्रकार आचारसंहिताप्रति सजग र सचेत भएमा पत्रकारमाथि हुने अवाच्छित आक्रमणलाई ८० प्रतिशत कम गर्न सकिने धारणा राख्नुभयो । सो अवसरमा सानीमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले पत्रकारको योगदानको कदर गर्न पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ७ : २२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि