२०८२, १६ मंसिर मंगलबार

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु


भक्तपुर, २४ मङ्सिर: अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य आजदेखि शुरु भएको छ ।  सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्र्याकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताउनुभयो । सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्ग ८२ फिट फराकिलो बनाउने कार्य शुरु गर्ने भएकाले पनि सर्भिस ट्र्याक खोल्नु अति आवश्यक रहेको बताउनुभयो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेन सडक निर्माण गर्ने भएपछि यसअघि सूर्यविनायक नगरपालिका–८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्र्याक निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हँुदै भक्तपुर र काभ्रेको सिमानाको साँगासम्म सर्भिस ट्र्याक निर्माण कार्य शुरु भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य रजनी जोन्छेले विकास निर्माणमा कसैले अवरोध गर्न नहुने र सबैले सहयेग गर्नुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बाटो निर्माणमा कुनै अवरोध नआउने बताउँदै सो निर्माण कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले विकासमा सबैको ऐक्यबद्धता हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : ४२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी