२०८२, २३ चैत्र मंगलबार

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु


भक्तपुर, २४ मङ्सिर: अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य आजदेखि शुरु भएको छ ।  सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्र्याकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताउनुभयो । सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्ग ८२ फिट फराकिलो बनाउने कार्य शुरु गर्ने भएकाले पनि सर्भिस ट्र्याक खोल्नु अति आवश्यक रहेको बताउनुभयो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेन सडक निर्माण गर्ने भएपछि यसअघि सूर्यविनायक नगरपालिका–८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्र्याक निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हँुदै भक्तपुर र काभ्रेको सिमानाको साँगासम्म सर्भिस ट्र्याक निर्माण कार्य शुरु भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य रजनी जोन्छेले विकास निर्माणमा कसैले अवरोध गर्न नहुने र सबैले सहयेग गर्नुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बाटो निर्माणमा कुनै अवरोध नआउने बताउँदै सो निर्माण कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले विकासमा सबैको ऐक्यबद्धता हुने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : ४२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि