२०८२, २७ मंसिर शनिबार

निर्मलाको दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री

निर्मलाको दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री


काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भन्नुभयो, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले थप्नुभयो, “विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेकाले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी शुरु गरिसकेको छ ।” उहाँले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : ०७ बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी