२०८२, १७ मंसिर बुधबार

यौनधन्दामा संलग्न १४ महिला सहित १८ जनाविरुद्ध मुद्दा

यौनधन्दामा संलग्न १४ महिला सहित १८ जनाविरुद्ध मुद्दा


साँखु, काठमाडौँ, २४ मङ्सिर : काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपनिरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो ।

मङ्सिर २२ गते पक्राउ परेका २७ जनाको बारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताउनुभयो । प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ५ : ४९ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी