२०८२, २१ फाल्गुन शुक्रबार

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे


भक्तपुर, मंसिर २४ :  एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम र कानूनका कुरा होलान् । तर सहमति बन्यो भने खोला करोडौं मूल्यमा बिक्री हुन्छ भन्ने कुरा यतिखेर भक्तपुरमा निकै चर्चाको विषय बनेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका र तत्कालिन बालकोट गाविस हुँदादेखि नै हनुमन्ते खोला फर्काउने चलखेल निकै पटक बन्यो । भूमाफियाले पैसा र पावरको आडमा प्रहरी, प्रशासन र माथिल्लो निकायसम्मलाई प्रभावमा पार्दै पटक–पटक हनुमन्ते खोला फर्काउने दुस्प्रयास गरिरहे । तत्कालिन समयमै करोडौंको खेल चलिरहयो । हनुमन्ते खोला बिक्ने र बिकाउने खेल चलिरहदाँ मध्यपुरथिमिका बासिन्दा यसको घोर बिरोधमा उत्रिरहे । बालकोट गाविस हुदाँ सिमा विवाद कै कारण फर्काउन नसकेको हनुमन्ते खोला तत्कालिन अनन्तलिङ्गेश्वर नगरपालिका हुदा पनि फर्काउने खेल चलिनै रहयो ।

भूमाफियाले राती–राती डोजर लगाएर खोला फर्काउन खोज्ने र मध्यपुरका बासिन्दा त्यसको प्रतिकारमा उत्रने काम भईनै रहयो । यो खेलमा ज्यान जाने खतरासम्म भए । हनुमन्ते फर्काउने र फकाएन नदिने दुईपक्ष बिच हतियार बोकेरै आक्रमण र प्रत्याक्रमणको खेल डरलाग्लो भईरहदाँ स्थानीय आतंकितसम्म बन्न पुगे ।

यसमा ठूला नेताहरुको चलखेल पनि निकै नै रहेको चर्चा चलिरहयो । खोला फर्काउने आठ वर्षको प्रयास अन्ततः देशमा जनप्रतिनिधीको बाहालीपछि सफल भयो । पक्ष र विपक्षमा उभिएका नेताहरु अन्ततः खोला फर्काउने नै सहमतिमा पुगेपछि त रोए जस्तो गर, म कुटे जस्तै गर्छु भन्ने उखान झै भयो र करोडाैँमा चलखेल भयो हनुमन्ते खोला ।

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ यतिखेर निकै चर्चामा छन् । एकवर्ष अघि जब भूमाफियाले हनुमनते खोला फकाउन आए, त्यस बेला प्रतिकारमा उत्रिए मेयर मदन सुन्दर । उनले कुनै हालतमा खोला फर्काउन नदिने अडान दोहर्याए । उनका अडानका कारण उनकै पार्टीका नेताहरु समेत उनीबाट बिच्किए । त्यसको भोलीपल्ट रातारात खोला फर्कियो । त्यसपछि किन हनुमन्ते विवादमा मेयर ओईलाए ? रहस्य बन्दै आएको यो चर्चाको यतिखेर घुम्तो उख्रिएको छ । अन्ततः हनमुन्ते खोला करोडौंमा बिक्री भएको चर्चा यतिखेर बजारमा ब्यापक चलेको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

कमाउनेले हनुमन्तेबाट निकै कमाए, सानादेखि ठूलासम्मको नाम जोडिए । सबै पार्टीका नेताहरु हनुमन्ते खोलाको विवादमा मौन बसे । श्रोत भन्छ- दुईसाता अघि करोडको खेल र गोप्य भेलामा अन्ततः मेयर श्रेष्ठले सहमति जनाए पछि बल्ल खोला बिक्रीको रहस्य खुल्यो ।

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ८ : ०७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको