२०८२, २३ चैत्र मंगलबार

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !


मुगु, मंसिर २४ : कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ ।

थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुइवटा गोरु जोत्दैनन् । लामा जातिका एउटा गोरु जोतेर खेती गर्नु पुख्र्यौली परम्परा भएको अर्का स्थानीय ग्याल्जन लामाले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

५१ परिवार लामा जातिको बसोबास रहेको दाउरामा सबैका गोठमा एउटै मात्र गोरु छ । सबैले एउटै गोरु जोतेर खेती लगाउँछन् । पुरुष नहुँदा महिलाले पनि हलो जोत्छन् । पुरुष घरमा नहुँदा हामी आफै हलो जोतेर खेती लगाउँछौँ, स्थानीय याङ्जु लामाले भनिन्, लोग्ने मान्छ् व्यापारका लागि बाहिरफेर गईरहन्छ, घरमा लोग्ने मान्छे नहुँदा महिलाहरुले नै हलो जोतेर खेती लगाउने गरेका छौँ ।

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : ५२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि