२०८२, २३ चैत्र मंगलबार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण गरिने छैन : काउन्सिल

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण गरिने छैन : काउन्सिल


काठमाडौँ, २३ मङ्सिर: प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले आज प्रेस विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा यही मङ्सिर २०, २१ र २२ गते सम्पन्न काउन्सिलको बैठकले गरेका निणर्य सार्वजनिक गर्दै प्रेस स्वतन्त्रतासम्बन्धी हननका घटनाको अनुगमन गर्न उपसमिति र कार्यविधि बनाउने निणर्य गरेको जानकारी दिनुभयो ।

‘पत्रकार आचारसंहिता उजुरी सुनुवाई र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन, सरकारबाट उपलब्ध हुने सेवा सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आवश्यक पहल गर्नुका साथै वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य बीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गर्ने भएको छ ।प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बढाउने भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : ५७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि