२०८२, २४ कार्तिक सोमबार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण गरिने छैन : काउन्सिल

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण गरिने छैन : काउन्सिल


काठमाडौँ, २३ मङ्सिर: प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले आज प्रेस विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा यही मङ्सिर २०, २१ र २२ गते सम्पन्न काउन्सिलको बैठकले गरेका निणर्य सार्वजनिक गर्दै प्रेस स्वतन्त्रतासम्बन्धी हननका घटनाको अनुगमन गर्न उपसमिति र कार्यविधि बनाउने निणर्य गरेको जानकारी दिनुभयो ।

‘पत्रकार आचारसंहिता उजुरी सुनुवाई र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन, सरकारबाट उपलब्ध हुने सेवा सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सर्वोच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न आवश्यक पहल गर्नुका साथै वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य बीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गर्ने भएको छ ।प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बढाउने भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : ५७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य