२०८२, २६ माघ सोमबार

आइतबारको दिन सूर्यको पुजा यसरी गर्नुहोस् तपाईलाई फलिफाप हुनेछ !

आइतबारको दिन सूर्यको पुजा यसरी गर्नुहोस् तपाईलाई फलिफाप हुनेछ !


वैदिक धारणा वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।

हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि :

आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ ।पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्:

१) प्रात: स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणा: प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।

२) ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।।त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्।भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्सू। यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ ।

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ६ : ५८ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय