२०८२, १७ मंसिर बुधबार

आइतबारको दिन सूर्यको पुजा यसरी गर्नुहोस् तपाईलाई फलिफाप हुनेछ !

आइतबारको दिन सूर्यको पुजा यसरी गर्नुहोस् तपाईलाई फलिफाप हुनेछ !


वैदिक धारणा वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।

हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि :

आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ ।पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्:

१) प्रात: स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणा: प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।

२) ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।।त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्।भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्सू। यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ ।

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ६ : ५८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी