२०८२, ७ फाल्गुन बिहीबार

खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा

खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा


बनेपा, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलाडीहरुले अब खुल्ला चौरमा खेल खेल्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, नालामा नाला इन्टरनेशनल क्योकुसिनकाई कराते डो उग्रचण्डी नाला काभ्रेले आयोजना गरेका प्रथम नाला आइकेकेएफ अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको समापन कार्यक्रममा उहाँले विभिन्न नगरपालिका र ठाउँहरुमा सरकारका तर्फबाट खेलमैदान बनाउने अभियानमा रहेकाले खुल्ला चौरको चिसो र घाममा बसेर खेल्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “राष्ट्रको चिनारी खेल पनि हो, खेलजगत्लाई हामीले चिनाउनुपर्छ, त्यसका लागि आफ्नै मौलिकतामा विकास गर्नुपर्छ र यसमा ठूलो समुदायलाई सहभागी गराएर राज्यको लगानी सुनिश्चित गर्नुपर्छ ।” “खेलाडीहरु गहना नभई राष्ट्रको पहिचान हो”, उहाँले भन्नुभयो, “गहनाहरु सजाउनका लागि मात्रै हुन्छ, खेलाडीहरु देशको पहिचान हो, खेलमा कला, क्षमता र प्रतिस्पर्धा हुने भएकाले जीत हासिल गरेर मात्रै आफ्नो देशको झण्डा फहराउन पाइने भएकाले खेल मुलुकको पहिचान हो ।”

मन्त्री बाँस्कोटाले अन्तर्राष्ट्रियजगत्मा देशको शान र मान बढाउने खेलाडीको खेलजीवनलाई सुनिश्चित गर्न सरकारले प्रयास गरिरहेको पनि बताउनुभयो ।प्रतियोगितामा पुरुषतर्फ ४० केजी तौल समूहमुनिका खेलमा किरण माझी प्रथम र मणिक केसी दोस्रो तथा ५० केजी तौल समूहमुनिका खेलमा जुगुलीकुमार दास प्रथम र धर्मेन्द्र राना दोस्रो हुनुभयो । यसैगरी ६० केजी तौल समूहमुनिका खेलमा नरेश चौधरी प्रथम र सुसन लामिछाने दोस्रो तथा ६० केजी तौल समूहमाथिको खेलमा भने विष्णु नेपाली प्रथम र प्रवीण मेच्छे दोस्रो हुनुभएको छ ।

त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा ४० केजी तौल समूहमुनिको खेलमा करिश्मा कार्की प्रथम र सुनिता थापा मगर दोस्रो तथा ४० केजी तौल समूहमाथिको खेलमा अञ्जना ढुङ्गाना प्रथम र आकृति बडाल दोस्रो हुनुभएको छ । सो अवसरमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गर्नुभयो । प्रतियोगितामा विभिन्न १८ जिल्लाका खेलाडीले प्रतिस्पिर्धा गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : ४५ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि