२०८२, २ माघ शुक्रबार

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’


काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको निर्माताको भनाइ छ । ‘लिलामे माइलो’ पारिवारिक नाटक हो र यसमा सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिको स्थानीय रहसन, संस्कृति, पर्व, गाउँले जीवन घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत् गरिएको छ ।

निर्माता राजाराम गौतमका अनुसार मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर कथा तयार गरिएको छ । निर्माता राजाराम गौतम तथा कथा÷निर्देशक प्रभाकर न्यौपाने, कलाकार सलमान खान, निशा पाख्रिन, राजन भुजेल आदि छन् । पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नाका साथै पर्यटकीय क्षेत्र राजारानी ताललाई प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमको धारणा थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ३७ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति