२०८२, २४ भाद्र मंगलबार

किसान ऋणमुक्तिबारे सोच्दैछौँ : मन्त्री बाँस्कोटा

किसान ऋणमुक्तिबारे सोच्दैछौँ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साना किसानको ऋणमुक्तिका लागि सरकार सोचिरहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डन कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “साना किसान वर्षौंदेखि ऋणको थिलथिलोमा हुनुहुन्छ, उहाँहरुको ऋणमुक्तिबारे हामी सोचिराखेका छौँ ।”

मन्त्री बाँस्कोटाले केही दिनपछि साना किसानलाई ऋणमुक्त बनाउनेबारे सरकारले छलफल गरी निष्कर्षमा पुग्ने बताउँदै “प्रदेश नं २ मा गुठीदेखि अन्य दोहोरो स्वामित्वको जमीनमा देखिएको समस्या समाधान गर्नेगरी सरकार लाग्नेछ”, भन्नुभयो । सरकारले उखु किसनाका लागि प्रतिमेट्रिकटन रु पाँच अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले विदेशबाट फर्किएका युवाका लागि स्वदेशमै उत्पादकत्व बढाउने उद्देश्यले प्रमाणपत्र धितो राखेर न्यूनतम् ब्याजमा ऋण उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपाली श्रम नेपालमै खर्चेर उत्पादकत्व बढाउने यो योजना युवामैत्री बन्दैछ र बन्नेछ ।” मुलुकका ७५३ वटा स्थानीय तहमा स्वरोजगार केन्द्र खोलिने बताउँदै उहाँले प्रत्येक श्रमजीवी नागरिकलाई वर्षमा १२० दिनसम्म काम गराउने कार्ययोजना सरकारले बनाउँदै गरेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “नवदेश निर्माण, समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानको यो एउटा हिस्सा हो ।”

“मितव्ययी बन्न आफू साइकल चढ्नसमेत तयार रहेको बताउँदै उहाँले “सामान्य कर्मचारी गाडी चढ्छन्, राष्ट्रप्रमुखलाई सुरक्षित गाडी किन्ने विषयमा किन स्याँल हुइ्याँ !” भन्नुभयो । मन्त्री बाँस्कोटाले ‘लुटको स्वर्ग’ भत्किएपछि समाजवाद विरोधी प्रतिक्रियावादीले स्याल हुइ्याँ मच्चाएको बताउँदै चुनावमा जनतासमझ गरिएको वाचाअनुसार सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “डिजिटल नेपालअन्तर्गत आउँदो वैशाखदेखि मुलुकका एक हजार विद्यालयमा कम्प्युटर ल्याब व्यवस्थित गर्दैछौँ ।” संस्थाका अध्यक्ष सुमन नेपालले संस्थाको ६४ वटा समूहमा ४८५ जना साना किसान आबद्ध रहेको जानकारी दिनुभयो । संस्थाले तरकारी, फलफूल नर्सरी व्यवस्थापन, विकासे घाँस बीउ वितरण, पशु बीमा, सीपमूलक तालीम तथा मल बीउ सहजरुपमा उपलब्ध गराउँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ०७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा