२०८२, १२ माघ सोमबार

कारागारलाई सुधार गृहमा विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

कारागारलाई सुधार गृहमा विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


पोखरा, २२ मङ्सिर: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कारागारलाई सुधार गृहका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । पोखरास्थित कास्की जिल्ला कारागारको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्तरुपमा कुरा गर्दै उहाँले कैदीबन्दीलाई आफूले गरेको अपराधजन्य कार्यप्रति पश्चातापको महसुश गर्ने गरी परिवर्तन गराउनुपर्ने बताउनुभयो ।

कैद समय भुक्तान भएपछि सकारात्मक सोचका साथ सामाजिक जीवनयापन गर्ने वातावरण निर्माण हुनु आवश्यक रहेकामा उहाँको जोड छ । कारागारको भौतिक पूर्वाधार तथा कैदीबन्दीको अवस्थाबारे जानकारी लिनु हुँदै उहाँले बन्दीले उठाएका जायज मागप्रति प्रदेश एवम् सङ्घीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न तीन वटा ब्लकमा ५३ महिलासहित कूल ७५८ जना कैदीबन्दी रहेको कास्की कारागारका निमित्त जेलर विष्णु सुवेदीले जानकारी गराउनुभयो । कारागारको क्षमता भने तीन सयजना राख्न सक्ने रहेको जनाइएको छ । उहाँका अनुसार कास्की कारागारमा कैदीबन्दीको सुविधाका लागि प्रत्येक ब्लकमा किनारा, मासु, सैलुन लगायतका व्यापारिक कक्ष राखिएको छ भने स्वआयआर्जनका लागि पुरुषले मोहडा र महिलाले हस्त निर्मित घरेलु सामान बनाउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ०२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै