२०८२, २८ मंसिर आईतबार

समाजवादप्रति समर्पित नेता स्व तामाङः वरिष्ठ नेता पौडेल

समाजवादप्रति समर्पित नेता स्व तामाङः वरिष्ठ नेता पौडेल


काठमाडौँ, २२ मङ्सिर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भीमबहादुर तामाङ समाजवादप्रति समर्पित नेता भएको बताउनुभएको छ । भीमबहादुर तामाङको छैटौँ स्मृति दिवसका अवसरमा भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रले आज यहाँ आयोजना गरेको ‘भीमबहादुर तामाङ र समाजवाद’ विषयक विचार गोष्ठीमा उहाँले समाजवादको प्रतीक स्व तामाङ भएको बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “विपी विचारको सच्चा अनुयायी भीमबहादुर तामाङ हुनुहुन्थ्यो ।” “दुई तिहाइको बहुमतको सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन्”, उहाँले भन्नुभयो, “सरकारलाई काम गर्न कुनै बाधा छैन, तर सरकार राष्ट्रलाई समृद्धिको बाटोमा लैजान किन आलटाल गरिरहेको छ, बुझ्न सकिएको छैन ।”

नेता पौडेलले पार्टी कब्जा गर्ने प्रवृत्ति काङ्ग्रेसभित्र हावी हुँदै गएको भन्दै स्व तामाङ यसका विरुद्ध लाग्ने नेता भएको बताउनुभयो । काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मुलुकलाई समृद्धिको बाटोमा लगे मात्र स्वर्गीय तामाङप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य निमा लामाले मुलुकको विकासका लागि स्व तामाङले पु¥याएको योगदानलाई सरकार र नेपाली काङ्ग्रेसले बिर्सेको बताउनुभयो । नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई र नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले स्वर्गीय तामाङको सादा जीवन उच्च विचारलाई सबैले पच्छाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष बलदेव तामाङले स्वर्गीय तामाङको विचार र आदर्शलाई आम जनतामाझ लैजानका लागि भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको सदस्यमा चुनिनुभएका नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई र लामो समयदेखि एचआइभी÷एड्स रोकथामका क्षेत्रमा काम गर्दै आइरहेका संस्था विश्वास नेपाललाई सम्मान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ४० बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी