२०८२, १७ मंसिर बुधबार

साना तथा घरेलु उद्योग महोत्सव हुने

साना तथा घरेलु उद्योग महोत्सव हुने


काठमाडौँ, २२ मङ्सिर: साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २३ देखि २७ गतेसम्म १५औँ अन्तर्राष्ट्रिय ओद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार यस पटकको महोत्सवको नारा “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” तथा “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” तय गरिएको छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई अगाडि बढाएको सन्दर्भमा त्यसलाई पूरा गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको महासङ्घले जनाएको छ । हाल देशभर झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । स्वदेशी उत्पादनलाई बढुवा दिनका लागि मेला आयोजना गरिएको महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको घरेलु तथा साना उद्योग प्रविधि र क्षमताका आधारमा प्रतिस्पर्धी बन्न नसक्दा यसले आकर्षक प्रतिफल दिन सकेको छैन । मेलामा भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २०० वटा स्टल रहने र दुई लाख बढीले अवलोकन गर्ने लक्ष्य आयोजकको छ । मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : २८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी