२०८३, २३ भाद्र बुधबार

साना तथा घरेलु उद्योग महोत्सव हुने

साना तथा घरेलु उद्योग महोत्सव हुने


काठमाडौँ, २२ मङ्सिर: साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २३ देखि २७ गतेसम्म १५औँ अन्तर्राष्ट्रिय ओद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार यस पटकको महोत्सवको नारा “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” तथा “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” तय गरिएको छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई अगाडि बढाएको सन्दर्भमा त्यसलाई पूरा गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको महासङ्घले जनाएको छ । हाल देशभर झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । स्वदेशी उत्पादनलाई बढुवा दिनका लागि मेला आयोजना गरिएको महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको घरेलु तथा साना उद्योग प्रविधि र क्षमताका आधारमा प्रतिस्पर्धी बन्न नसक्दा यसले आकर्षक प्रतिफल दिन सकेको छैन । मेलामा भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २०० वटा स्टल रहने र दुई लाख बढीले अवलोकन गर्ने लक्ष्य आयोजकको छ । मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : २८ बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष