२०८१, ७ चैत्र शुक्रबार

शनिबार यसरि गर्नुहोस शनिदेवको पुजा

शनिबार यसरि गर्नुहोस शनिदेवको पुजा


शुक्रबार बेलुकाबाट शनि वृश्चिक राशीमा मार्गीय भएको छ जसका कारण केही राशीमाथि सकारात्मक त कुनैमा नकारात्मक प्रभाव पर्नेछन् । यदि कसैको राशीमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्छ ।

शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ । शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ । शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ ।

शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् ।आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

शनिबार घरमा नल्याउनुहोस् यी पाँच(५) कुरा, आउनेछन् गरिबी, संकट

एजेन्सी । हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् ।

शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् ।

ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन : घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम : शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ८ : २४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक