२०८३, २७ श्रावण बिहीबार

बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा

बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा


काठमाडौं,मंसिर २२ : केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ।त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ।त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ ।

प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, प्रदूषित वायुलाई मास्कले समेत छेक्न नसक्ने भएकाले बिहानीपख कोठाभित्रै व्यायाम गर्नु प्रभावकारी हुने उनको भनाइ छ।

प्रदूषित वायु मानिसको फोक्सो हुँदै रक्तनलीसम्म पुगेर क्यान्सरसम्मको रोग निम्त्याउने डा. पौडेलको भनाइ छ।२.५ पीएमको वायु प्रदूषणको दर हेर्दा बुधबार बिहान ८ देखि ९ बजे १५१ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ। पाँच गुनासम्म प्रदूषण बढेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ०१ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष