२०८२, २१ जेष्ठ मंगलबार

अन्तःशुल्क स्टिकर नेपालमै छपाउन निर्देशन

अन्तःशुल्क स्टिकर नेपालमै छपाउन निर्देशन


काठमाडौँ, २१ मङ्सिर :सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि विदेशी कम्पनीको भरपर्दा करोडाँै रकम विदेशिएको भन्दै नेपालमै सुरक्षित मुद्रण स्थापना गर्न आग्रह गरेको हो । समितिका सभापति भरत शाहले नोट तथा राहदानीजस्ता महत्वपूर्ण छपाइ गर्ने नेपाली कम्पनीले किन स्टिकर छाप्न नसक्ने भनी प्रश्न उठाउँदै नेपाली कम्पनीबाटै छपाइ भए ठूलो रकम विदेशिनबाट जोगिने भएकाले स्वदेशमै छपाइको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

आन्तरिक राजश्व विभागले मदिराजन्य पदार्थमा अन्तःशुल्क स्टिकरमार्फत राजश्व उठाउँदै आएको छ । उक्त स्टिकर छपाइ अहिले पनि विदेशी कम्पनीबाटै गरिन्छ । नेपाली कम्पनीले छपाइसम्बन्धी काममा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग गर्दै लेखा समितिलाई निवेदन दिएका थिए । बैठकमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले भने सुरक्षा प्रणालीलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्ड पुगेका विदेशी कम्पनीबाट स्टिकर छपाइदै आएको उल्लेख गर्नुभयो । एक पटकको स्टिकर छाप्न रु ५६ करोड लाग्ने बताइन्छ ।

मदिराजन्य पदार्थको अन्तःशुल्क स्टिकरबाट सरकारले मूल्य अभिवृद्धि करबाहेक रु ५७ अर्ब ८७ करोड २६ लाख ३५ हजार वार्षिकरुपमा सङ्कलन गर्ने गरेको राजश्व सचिव ढुङ्गानाको भनाइ छ । यो रकम जम्मा गर्ने आधार नै अन्तःशुल्क स्टिकर हो । स्टिकर असाध्यै प्राविधिक र संवेदनशील विषय भएको र सुरक्षित मुद्राका लागि कोड नम्बर राख्नुपर्ने भएकाले विदेशी कम्पनीनै ताक्नुपर्ने अवस्था छ । आन्तरिक राजश्व विभागले अहिले पाँचाँै पटक ग्लोबल बोलपत्रमार्फत इण्डोनेसियाको एक कम्पनीबाट स्टिकर छाप्दै आएको छ । उक्त स्टिकर छाप्न चाहने नेपाली कम्पनीले सुरक्षाका सबै मापदण्ड पूरा गरी कम्तीमा दुई देशको छपाइ गरेको हुनुपर्ने मापदण्ड बोलपत्रमा राखेकाले नेपाली कम्पनीले प्रतिष्पर्धामा सहभागी हुन नसकेको गुनासो छ ।

सचिव ढुङ्गानाका अनुसार सरकारले झण्डै रु २२ अर्बको लगानीमा आफ्नै सुरक्षित मुद्रण स्थापना गर्न लागेको र यसका लागि चालू आवमा रु छ अर्ब बजेट विनियोजन भइसकेको छ । हेटाँैडामा यस्तो मुद्रण स्थापना गरिनेछ । आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सुरक्षा र गुणस्तरलाई मध्यनजर गरी विदेशी कम्पनीको भर पर्नुपरेको उल्लेख गर्दै गुणस्तर मापदण्ड पुगेका नेपाली कम्पनीले प्रतिष्पर्धा गर्नसक्ने उल्लेख गर्नुभयो ।

समितिका अधिकांश सदस्यले नेपालमै सुरक्षा छपाइसम्बन्धी व्यस्था गरी नेपाली उद्योगको प्रोत्साहन गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद हृदयेश त्रिपाठी, विशाल भट्टराई, तेजुलाल चौधरी, अमनलाल मोदीलगायतले स्टिकर छपाइको काम स्वदेशी कम्पनीले गर्न पाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ८ : ४७ बजे

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि