२०८२, ७ फाल्गुन बिहीबार

‘सञ्चारक्षेत्रको वृत्ति विकासका लागि तत्पर’: मुख्यमन्त्री राउत

‘सञ्चारक्षेत्रको वृत्ति विकासका लागि तत्पर’: मुख्यमन्त्री राउत


धनुषा, २१ मङ्सिर : मुख्यमन्त्री लालबाबु राउतले सञ्चारक्षेत्रको वृत्ति विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले आजदेखि जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालीमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेशका पत्रकारसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रपत्रिकाको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्न तयारी गरेको जानकारी गराउनुभयो ।

उहाँले पत्रकारलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटोमा लैजान सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आमसञ्चार प्रतिष्ठानसमेत गठन गर्न लागेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, महासङ्घका प्रदेश अध्यक्ष दिपेन्द्र चौहानलगायतको उपस्थित थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ४३ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि