२०८२, ७ फाल्गुन बिहीबार

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’: मुख्यमन्त्री पौडेल

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’: मुख्यमन्त्री पौडेल


हेटौँडा, २१ मङसिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादनबिना समृद्धिको लक्ष्यमा पुग्न नसकिने हुँदा हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । पश्चिम मकवानपुरको मनहरीमा आज मेलाको उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति कुनै न कुनै उद्यम÷व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मेला महोत्सवका आयोजकले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान नदिने प्रवृत्ति रहेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न आग्रह गर्नुभयो ।

“स्थानीय उत्पादनले बजार नपाउने अवस्थालाई अन्त्य गर्न महोत्सव सहयोगी बन्नुपर्छ” उहाँले भन्नुभयो, “ठूलो धनराशी खर्च गरेर मेला आयोजना गर्ने तर स्थानीयले केही लाभ नपाउने हो भने त्यसको कुनै अर्थ रहन्न ।” मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले परिणाम देखिने काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले गाँजा खेती निरुत्साहित गरी कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले कृषि उत्पादनका लागि योजना लिएर आए सरकार सहयोग गर्न तयार रहेको प्रष्ट पार्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मेला महोत्सवका नाउँमा हुने विकृति रोक्न आयोजकलाई सचेत गराउनुभयो । मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाको सहयोगमा पौष २ गतेसम्म चल्ने सो मेलाको मकवानपुर उद्योग वाणिज्य सङ्घ पश्चिमी क्षेत्र समितिले आयोजना गरेको हो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ३४ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि