२०८२, १३ माघ मंगलबार

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’: मुख्यमन्त्री पौडेल

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’: मुख्यमन्त्री पौडेल


हेटौँडा, २१ मङसिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादनबिना समृद्धिको लक्ष्यमा पुग्न नसकिने हुँदा हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । पश्चिम मकवानपुरको मनहरीमा आज मेलाको उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति कुनै न कुनै उद्यम÷व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मेला महोत्सवका आयोजकले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान नदिने प्रवृत्ति रहेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न आग्रह गर्नुभयो ।

“स्थानीय उत्पादनले बजार नपाउने अवस्थालाई अन्त्य गर्न महोत्सव सहयोगी बन्नुपर्छ” उहाँले भन्नुभयो, “ठूलो धनराशी खर्च गरेर मेला आयोजना गर्ने तर स्थानीयले केही लाभ नपाउने हो भने त्यसको कुनै अर्थ रहन्न ।” मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले परिणाम देखिने काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले गाँजा खेती निरुत्साहित गरी कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले कृषि उत्पादनका लागि योजना लिएर आए सरकार सहयोग गर्न तयार रहेको प्रष्ट पार्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मेला महोत्सवका नाउँमा हुने विकृति रोक्न आयोजकलाई सचेत गराउनुभयो । मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाको सहयोगमा पौष २ गतेसम्म चल्ने सो मेलाको मकवानपुर उद्योग वाणिज्य सङ्घ पश्चिमी क्षेत्र समितिले आयोजना गरेको हो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ३४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै