२०८३, २७ श्रावण बिहीबार

स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला

स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला


काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात पनि दिन’, ‘तिम्रो हजुर गल्ती’, ‘मेरो साथ हुँदा’ र ‘पराइलाई दिलमा’ शीर्षकका पाँच वटा गीत समावेश गरिएको छ । अञ्जु पन्त, शिव परियार, दीपा लामा, मेलिना राई र विनोद पछाईले स्वर दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले क्यासेटको विमोचन गर्दै स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गीतकार प्रधानले प्रकाशन गर्नुभएको गीति क्यासेटले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक कुमार प्रधानले विभिन्न जाति संस्कृतिका समुदाय मिलेर बनेको नेपाली कला, साहित्यले देश र जनतालाई अन्तर्राष्ट्रिय तहमा परिचित गर्ने बताउनुभयो । गीतकार प्रधानले आफूले जीवनमा भोगेका अनुभवलाई रचनामार्फत प्रस्तुत गरेको बताउँदै माया र प्रेमको भावनाले समाजमा शान्ति, विकास र समृद्धि कायम गर्दछ भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : २२ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष