२०८२, १३ माघ मंगलबार

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल


काठमाडौँ, २१ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

जेनेटिक डिजिज (बंशानुगत रोग) सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भन्नुभयो ।

बंशानुगत रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष दहालले यसका लागि सरकार र राजनीतिक दलले सहयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सरकार अगाडि बढेको छ । समृद्धि र विकासको यात्रामा देश अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा बंशानुगत रोगका विविध पक्षमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले बंशानुगत रोगका बारेमा परिषद्ले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ३० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै