२०८२, १७ मंसिर बुधबार

मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा मुख्यमन्त्री जन्त

मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा मुख्यमन्त्री जन्त


जनकपुर, २१ मङ्सिर : प्राचीन मिथिलाञ्चलकाे राजधानी तथा हालकाे प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ ।महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, शनिबार दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर र बुधबार छैठौं दिन मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाइ गर्ने कार्यक्रम तय गरिएको छ । रामसीताको स्वयम्बर कार्यक्रम रंगभूमि मैदान वाह्रविघामा हुने छ । विवाह पञ्चमीलाई भव्य बनाउन भारतको कलकताबाट सात लाखको फुल ल्याउन लागेको जानकी मन्दिरको छोटा महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने छन् । यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने उनले जानकारी दिए । विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ समेत जन्ती बनेर मंसीर २६ गते जनकपुर आउने तयारीमा भएपछि तयारी अझै विशेष छ ।

उनको भ्रमणको समयमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालहरु सहभागि हुने अनुमान छ । रामजानकीको स्वयंवर,धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पुजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्तिहुने जनविश्वास रहेको छ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृतिअनुसार भएको मानिन्छ ।

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ९ : २० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी