२०८३, २३ भाद्र बुधबार

मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा मुख्यमन्त्री जन्त

मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा मुख्यमन्त्री जन्त


जनकपुर, २१ मङ्सिर : प्राचीन मिथिलाञ्चलकाे राजधानी तथा हालकाे प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ ।महोत्सवको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन, शनिबार दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर र बुधबार छैठौं दिन मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाइ गर्ने कार्यक्रम तय गरिएको छ । रामसीताको स्वयम्बर कार्यक्रम रंगभूमि मैदान वाह्रविघामा हुने छ । विवाह पञ्चमीलाई भव्य बनाउन भारतको कलकताबाट सात लाखको फुल ल्याउन लागेको जानकी मन्दिरको छोटा महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने छन् । यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने उनले जानकारी दिए । विवाह पञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ समेत जन्ती बनेर मंसीर २६ गते जनकपुर आउने तयारीमा भएपछि तयारी अझै विशेष छ ।

उनको भ्रमणको समयमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालहरु सहभागि हुने अनुमान छ । रामजानकीको स्वयंवर,धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पुजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्तिहुने जनविश्वास रहेको छ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीको दिन आर्दश जोडी राम सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृतिअनुसार भएको मानिन्छ ।

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ९ : २० बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष