२०८२, २३ चैत्र मंगलबार

पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ

पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ


लेखनाथ, २० मङ्सिर : आन्दोलनमा उत्रिएका नेविसंघ निकट चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि पोखरा विश्वविद्यालय तनावग्रस्त बनेको छ । स्ववीयु सचिवको राजीनामा माग्दै नेविसंघ निकट विद्यार्थीले बिहीबार दिउँसो उपकुलपति र स्ववीयु अध्यक्षको कुर्सी जलाएका थिए ।नेविसंघका विष्णु सुवेदी, फिरोज सुवेदी, विकास रानाभाट र दीपेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रजिस्ट्रारको कुर्सी जलाउने अनेरास्ववीयुका विद्यार्थीलाई भने प्रहरीले पक्राउ नगरेको भन्दै नेविसंघले विरोध जनाएको छ । विद्यार्थी र प्रहरीबीच हात हालाहाल भएपछि स्थिति तनावग्रस्त छ ।

नेविसंघल सैद्धान्तिक परीक्षा सकिएपछि स्ववीयुबाट विधानत पदमुक्त हुनुपर्ने भन्दै आन्दोलन चर्काएको थियो । स्ववीयु सचिव सुरज परियारले स्नातकको परीक्षा सकिएको एक महिनासम्म पनि राजीनामा नदिएको नेविसंघको आरोप छ ।नेविसंघका विद्यार्थी प्रदीप सिग्देलले उपकुलपति र रजिस्ट्रार समक्ष बुधबार आफ्नो माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको बताए । ‘स्ववीयु सचिवले दुई तिहाइको दम्भ देखाएर राजीनामा दिएका छैनन्,’ उनले भने, ‘विधानविपरीत गएपछि बाध्य भएर आन्दोलन गर्नुपर्‍यो ।’

स्ववीयु अध्यक्ष सुनील तिमिल्सिनाले भने नेविसंघले स्ववीयुलाई कुनै जानकारी नदिई एक्कासी कुर्सी जलाएको बताए । उनले विधान आफैंमा बाझिने खालको भएको दाबी गरे । ‘विधानमा स्ववीयुको कार्यकाल दुई वर्षको हुने छ भनिएको छ ।अर्को बुँदामा सेमेस्टर सकिएपछि कार्यकाल सकिन्छ पनि भनिएको छ,’ उनले भने, ‘पद रिक्तता सम्बन्धी बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुन्छ भन्ने कतै उल्लेख छैन ।’

बाधा अड्काउ फुकाउन अन्तिम निर्णय विश्वविद्यालयको कार्यकारी बोर्डले गर्ने भएकोले स्ववीयलेु निवेदन पठाइसकेको उनले जनाए । त्रिभुवन विश्वविद्यालयमा गत वर्ष यस्तै अवस्थामा निर्वाचित भएपछि दुई वर्ष रहन पाउने निर्णय गरेकाले पोखरा विश्वविद्यालयमा पनि उक्त नियम लागु हुनुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ९ : ५० बजे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित