२०८२, २५ कार्तिक सोमबार

मुलुकभरि चिसो बढ्यो, काठमाडौँ न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस

मुलुकभरि चिसो बढ्यो, काठमाडौँ न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस


काठमाडौँ, २० मङ्सिर : वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको बताउनुभयो । उहाँले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको बताउनुभयो । यो साता उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार काठमाडौँ उपत्यकाका अधिकतम तापक्रम २० डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस र बुधबारको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।

विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका मौसमविद् अर्यालले पश्चिमी हावाको प्रभाव तथा लामो समयदेखि पानी नपरेका कारण बढ्दै गएको वायु प्रदुषणले यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान रहेको बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ८ : ५० बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।