२०८२, २३ चैत्र मंगलबार

मुलुकभरि चिसो बढ्यो, काठमाडौँ न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस

मुलुकभरि चिसो बढ्यो, काठमाडौँ न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस


काठमाडौँ, २० मङ्सिर : वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको बताउनुभयो । उहाँले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको बताउनुभयो । यो साता उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार काठमाडौँ उपत्यकाका अधिकतम तापक्रम २० डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस र बुधबारको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।

विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका मौसमविद् अर्यालले पश्चिमी हावाको प्रभाव तथा लामो समयदेखि पानी नपरेका कारण बढ्दै गएको वायु प्रदुषणले यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान रहेको बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ८ : ५० बजे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित