२०८२, ५ भाद्र शुक्रबार

आज शतबीज छर्ने दिन, के हाे शतबीज, किन छर्ने ?

आज शतबीज छर्ने दिन, के हाे शतबीज, किन छर्ने ?


काठमाडौँ, २० मङ्सिर : आज बाला चतुर्दशी । मृतकका नाउँमा शतबीज छरी पितृउद्धार गर्ने दिन । आजकाे दिनलार्इ कृष्ण चतुर्दशी पनि भनिन्छ ।बालाचतुर्दशी नेपालमा मानाइने एक परम्परागत पर्व हो । जुन विभिन्न मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।

प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयहरुमा महादीपदान गर्ने चलन रहेकाे छ । साेही अनुसार बुधबार राति पनि पशुपतिलगायत देशभरिका शिवालयमा भक्तजनको ठूलाे भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बुधबार बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बसेका हुन् ।

यस वर्ष बाला चतुर्दशीमा पशुपति आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए । बुधबार राति महादीपदान गर्ने र भोलिपल्ट अर्थात अाज बिहीबार बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ । त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका थिए भने अाज शतबीज छर्दैछन् ।

के हाे शतबीज, किन छर्ने ?
बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् ।

पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन्- ‘सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।’नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।

यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ६ : ४५ बजे

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक

पाथिभरा देवीको कृपाले यी तीन राशिहरूको चम्किनेछ भाग्य

नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज