२०८२, २५ कार्तिक सोमबार

प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारे

प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारे


चितवन, १९ मङ्सिर: चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारेको छ । असोजबाट गिद्धले अण्डा पार्न थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अन्य गिद्धले पनि अण्डा पार्ने सम्भावना अझै रहेको छ । अण्डा पारेपछि गिद्ध ओथारोमा बस्ने गर्दछ । ओथारोमा रहेका अण्डाबाट केही दिनपछि नै चल्ला निस्कने खड्काले बताउनुभयो । अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ ।

विश्वबाटै लोप हुन लागेको गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस्तारलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्वका साथ हेर्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा गत वर्षका ६ वटा बच्चासहित ५१ वटा गिद्ध छन् । गत वर्ष प्रजनन केन्द्रमा गिद्धले १८ वटा अण्डा पारेको भए पनि ६ वटा बच्चा मात्र कोरलेर हुर्किएका थिए । केन्द्रमा रहेका सात वटा माउलाई प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा लगिँदैछ । गत वर्ष पनि संरक्षण केन्द्रबाट गिद्ध लगेर केही समय रेस्टुरेन्टमा राखेर प्रकृतिमा छाडिएको थियो । प्रकृतिका गिद्धलाई सिनो खुवाएर संरक्षण गर्न बनाइएको ठाउँलाई जटायु रेस्टुरेन्ट भनिएको हो । सोही ठाउँमा केही समय राखेर प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरेर छोड्ने गरिन्छ ।

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको छ । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलब नौ प्रतिशत गिद्ध मासिएपछि यी दुई देशसँगै अन्य देशमा पनि यसको संरक्षण गर्न थालिएको हो । विशेषगरी पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधिको प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने गर्दछन् ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ९ : ०७ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।