२०८२, १७ मंसिर बुधबार

बाढीबाट विस्थापितको घर बनाइदिइने

बाढीबाट विस्थापितको घर बनाइदिइने


विराटनगर, १९ मङ्सिर: इच्छा शक्ति भएमा विदेशमा बसेर पनि स्वदेशमा समाजिक सेवामा समर्पित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ओखलढुङ्गाका कृष्णकुमार कार्की । हाल जापानमा कार्यरत कार्कीले गएको वर्ष बाढीबाट पीडित मोरङ रतुवामाई नगरपालिका–३ महादेवा वर्ती टोलका १० घरपरिवारलाई नयाँ घर बनाएर सहयोग गर्न लाग्नुभएको छ ।

बाढीबाट सो टोलका २३ घरपरिवार विस्थापित भएका थिए । तीेमध्ये अतिगरिब, विपन्न र अशक्त १० घरपरिवारलाई नयाँ घर बनाएर आफ्नो जन्मदिन मनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजसेवी कार्कीले सो जानकारी दिनुभएको हो । बाढीबाट विस्थापित भएका अतिगरिब, विपन्न तथा अशक्तहरुको घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको र ती जग्गामा समाजसेवी कार्कीले रु २० लाखको निजी खर्चमा घर बनाउने भएको छ ।

पुसको २० गतेभित्रमा निर्माण सम्पन्न गरी उनीहरुलाई घर हस्तान्तरण गर्ने योजना रहेको निर्माण कार्यमा जुट्नुभएका इञ्जिनियर चित्रकुमार कार्कीले जानकारी दिनुभयो । यसअघि कार्कीले हेटौँडामा रु सात लाखको लागतमा दुव्र्यवसनीका लागि आयआर्जनका काम गर्नुभएको छ भने आफ्नै गृह जिल्लाको एक विद्यालयमा रु दुई लाखको सहयोग गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ७ : ४३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी