२०८२, १९ कार्तिक मंगलबार

चार महीनाभित्र लगानीमैत्री कानून निर्माण हुन्छ : मन्त्री अधिकारी

चार महीनाभित्र लगानीमैत्री कानून निर्माण हुन्छ : मन्त्री अधिकारी


काठमाडौँ, १९ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले चार महीनाभित्र लगानीमैत्री कानून निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी भित्र्याउन कुन विषयमा बाधा छ, ती विषय तीन÷चार महीनामा हटाउँछौँ । नेपालमा हुन लागेको लगानी सम्मेलन अगावै सरकारले वैदेशिक लगानी भित्र्याउन आवश्यक पर्ने सम्पूर्ण कानून निर्माण गरिसक्छ ।”

नेपाल र कोरियाबीचको व्यापार सन्तुलन कायम गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै मन्त्री अधिकारीले व्यापार असन्तुलन न्यूनीकरण गर्न पर्यटन सशक्त क्षेत्र भएको र पर्यटनको माध्यमबाट व्यापार घाटा पूर्ति गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । बढीभन्दा बढी कोरियामा रहेका बौद्धमार्गीलाई नेपालको भ्रमण गराउन ‘बौद्ध परिपथ’ लाई प्रभावकारी बनाउनु आवश्यक भएको बताउँदै उहाँले अब छिट्टै नेपाल एयरलाइन्सले काठमाडौँबाट कोरिया सिधा उडान भर्ने जानकारी दिनुभयो ।

नेपालका लागि कोरियाली राजदूत पार्क योग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भए पनि लगानीको लागि आवश्यक कानून पर्याप्त नभएको बताउनुभयो । नेपाल–कोरियाबीचको व्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उहाँले व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो । राजदूत पार्कले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कोरियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गर्नुभयो । यतिबेला मुलुकमा स्थिर सरकार बनेको र सरकार वैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उहाँको भनाइ थियो ।

नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कोरियाले नेपालको विकासमा विभिन्न क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । पूर्वाधार निर्माण, रेशमखेतीको विकास, जलविद्युत् आयोजनाको निमाण, सुशासन र स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यस्तै कोरियाली अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका)मार्फत प्राविधिक शिक्षालयको स्थापना, सूचना प्रविधि केन्द्रको निर्माण, लुम्बिनीलाई विश्व शान्ति शहरका रुपमा विकासका गतिविधि अघि बढेको छ ।

नेपालबाट बिरालो तथा कुकुरको खाना, कटनका ज्याकेट, सङ्गीतका सामग्री, मदीरा, पिउने पानी, ऊनका कपडा तथा जनवारको रौँबाट निर्मित सामग्री कोरिया निर्यात हुँदै आएको छ । विभिन्न मेसिनरी पाटपूर्जा, औद्योगिक कच्चा पदार्थ, सवारी सधानको पाटपूर्जा, प्रिन्टिङ तथा फोटोकपी मेसिनलगायतका सामग्री आयात हुँदै आएको छ ।

सन् २०१७ मा रु १६ करोड ९० लाखको नेपाली वस्तु कोरिया निर्यात भएको थियो भने रु एक अर्ब एक करोड ६४ लाखको कोरियाली सामान नेपाल आयात भएको चेम्बरले जनाएको छ । दुई ठूला अर्थतन्त्र भएको मुलुक चीन र जापनको नजिक रहेको दक्षिण कोरियाले पछिल्लो समय द्रुत आर्थिक विकास गर्दै शक्ति राष्ट्रका रुपमा आफूलाई उभ्यान सफल भएको छ । विश्व बैंकका अनुसार दक्षिण कोरिया विश्वको छैटौं ठूलो निर्यात गर्ने देश हो भने व्यवसाय गर्न सहज राष्ट्रको सूचीमा चौथो नम्बरमा छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ७ : ३७ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई