२०८२, २५ कार्तिक सोमबार

कुन अंग फर्फराउँदा के हुन्छ ? जान्नुहोस

कुन अंग फर्फराउँदा के हुन्छ ? जान्नुहोस


हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ?

समुन्द्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ५ : ३६ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।