२०८३, २३ भाद्र बुधबार

कुन अंग फर्फराउँदा के हुन्छ ? जान्नुहोस

कुन अंग फर्फराउँदा के हुन्छ ? जान्नुहोस


हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ?

समुन्द्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ५ : ३६ बजे

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी