२०८२, १७ मंसिर बुधबार

कोशी अञ्चल अस्पताललाई वातानुकूलित यन्त्र प्रदान

कोशी अञ्चल अस्पताललाई वातानुकूलित यन्त्र प्रदान


विराटनगर, १८ मङ्सिर : विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ । अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।

उहाँले अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास र चिकित्सकीय सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरलले उक्त वातानुकूलित यन्त्र बुझ्दै सबैले यो अस्पताल मेरो हो भनी काम गर्नसके सेवाको प्रवाह सहजरुपमा प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : ३० बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी