२०८३, ८ बैशाख बुधबार

काभ्रेका कुमार प्रहरी फन्दामा

काभ्रेका कुमार प्रहरी फन्दामा


काठमाडौँ, १८ मंसीर : सवारी दुर्घटना गराएर भाग्ने क्रममा काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ घर भएका एक सवारी चालकलाई प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा मंगलबार पक्राउ गरेको छ ।

यही मङ्सिर १२ गते बिहान चार बजे टेकुमा दुर्घटना गराएर भाग्ने बनेपा–५ का कुमार श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । टेकुमा भएको सडक दुर्घटनामा कञ्चनपुर भीमदत्तनगर–१८ का जीवन सिंह घाइते भएका थिए ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लैजाने क्रममा सिंहको मृत्यु भएको थियो । प्रहरीले प्रविधिको प्रयोग गरेर दुर्घटना गराई भाग्नेलाई पक्राउ गर्न सफल भएको छ। सिसिटिभी फुटेजका आधारमा बा १८ च ३२९३ नम्बरको भ्यान खोज्दै जाँदा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले बताएका छन् ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : १२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले