२०८२, १६ असार सोमबार

‘सबै मधेशी एक ठाउँमा उभिनुपर्छ’:मुख्यमन्त्री राउत

‘सबै मधेशी एक ठाउँमा उभिनुपर्छ’:मुख्यमन्त्री राउत


कृष्णनगर, १८ मङ्सिर: प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सबै मधेशी एक ठाउँमा भएपछि मधेशीका हकअधिकार सुनिश्चित हुने बताउनुभएको हो । कपिलवस्तुको कृष्णनगरमा आयोजित सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले, माओवादी केन्द्र एकीकरण गरी एक ठाउँमा उभिएका छन् तर हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ ।”

मधेशमा नागरिकता जस्ता महत्वपूर्ण हकअधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य रामवरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं ५ का मुख्य सचिव डा रसिद खानलगायतले मधेशी र मधेशको हकअधिकारका बारेमा बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : २१ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको