२०८२, १८ जेष्ठ शनिबार

भक्तपुरका औषधि पसलमा लापर्वाही, किराना पसलमा म्याद गुज्रेका सामग्री

भक्तपुरका औषधि पसलमा लापर्वाही, किराना पसलमा म्याद गुज्रेका सामग्री


भक्तपुर, १८ मङ्सिर : भक्तपुरको विभिन्न औषधि पसलमा गरेको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरवाही गरेको पाइएको छ । भक्तपुर नगरपालिका, अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरिएको अनुगमनका क्रममा औषधि पसल सञ्चालकले मानवीय स्वास्थ्यमाथि खेलबाड गर्दै लापर्वहीरुपमा पसल सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, भक्तपुर अस्पतालको बीमाको औषधि दिने पसलसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । दूधपाटीस्थित बोय्जु फार्मेसीले सिद्धपोखरी क्लिनिक दर्ता नगरी सञ्चालन गरेको, क्लिनिकमा आउने डाक्टरको नामावली बोर्ड नराखी सञ्चालन गरेको, औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको पाइएको अनुगमनमा सहभागी बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै प्राइम डेण्टल क्लिनिकमा औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको, प्यान र भ्याटको बील प्रयोग नगरेको, उत्तम मेडिकल हलमा औषधि पसलमा अनुमतिप्राप्त व्यक्ति नबसेको, म्याद नाघेको औषधि राखेको, डोलेश्वर फर्माले गत वैशाख ३१ गते गरेको अनुगमनमा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि तत्काल दर्ता गर्न निर्देशन दिएको निर्देशन अझैसम्म पालन नगरेको, एउटा नामको औषधिको बट्टामा अर्कै नामको औषधि राखेको पाइएको समितिले जनाएको छ ।

त्यस्तै अल्फाज मेडिकल हललाई पनि गत वैशाख ३१ गतेको अनुगमनमा दर्ता गर्न सुझाव दिए पनि अटेर गरी सञ्चालन गरेको, भक्तपुर अस्पतालको बीमाको औषधि वितरण गर्ने पसलमा नगरपालिकामा दर्ता नगरेको, बीमाको सबै औषधि उपलब्ध नभएको पाइएको छ । अनुगमन टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ ।

त्यसैगरी दूधपाटी क्षेत्रमा सञ्चालित विभिन्न पसलको अनुगमन गर्दा कृष्णश्वरी प्रधानको स्टेशनरी पसल, अविश्वर अधिकारीको तन्दुरी पसल, रमेश मानन्धरको लक्ष्मी प्लाइउड, विना ध्वजूको किराना पसल, धर्मेन्द्र ठाकुरको सैलुन, सृष्टि न्याइच्याइको किराना, इन्द्रप्रसाद पोखरेलको चिया पसल र रवीन बाटीको दही पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ ।

यसैगरी स्वस्तिरा जनरल स्टोरमा म्याद नाघेको सामान पीठो, गु्दपाक सात बट्टा, क्याडबरी कोका सात बट्टा, हर्लिक्स तीन पाकेट, बेसन तीन पाकेट, पापाया वास एक वटा र काजु एक पाकेट जफत गरेको जानकारी दिँदै प्रजापतिले पसलमा दर्ता प्रमाणपत्र राख्न, प्याकेजिङ सामानमा लेबल र मूल्यसूची राख्न निर्देशन दिएको बताउनुभयो । त्यस्तै कर्नर स्टोरमा म्याद नाघेको सामान बटर बिस्कुट पाँच पाकेट, सानो स्लाइस एक वटा र रियल बस्र्ट मिक्स फ्रट एक जफत गर्नुका साथै पसल नवीकरण गर्न, मूल्यसूची र दर्ता प्रमाणपत्र देखिने गरी राख्न पनि समितिले निर्देशन दिएको छ ।

दर्ता नवीकरण नगरी सञ्चालित जिके किराना स्टोरमा बिग्रेको सामान लेकर एक, बिटानिया एक, लेयज एक र चिजस्टि एक तथा तःपुखु सेन्टर किराना पसलमा म्याद नाघेको चाउमिन जफत गरी पसल दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । अनुगमनमा दीपक स्टोरलाई पसल दर्ता नवीकरण गर्न, प्याकेजिङ सामानमा लेबल राख्न, मूल्यसूची राख्न निर्देशन दिनुका साथै न्यू नःपुखु मिनिस्टोरमा म्याद नाघेको सामान स्विट कर्न १३ बट्टा, ओरेञ्ज ट्याङ पाँच पाकेट, लेयज दुई पाकेट र जेरोज चिप एक पाकेट जफत गरी प्याकेजिङ सामानमा लेबल राख्न निर्देशन दिएको छ ।

अनुगमन टोलीमा समितिका सदस्य रोशनमैयाँ सुवाल, नगरपालिका स्यानिटेशका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, प्रहरी रामशरण तामाङ, जनस्वास्थ्यका जमुना काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिता थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ८ : ५४ बजे

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि